• ७ असोज २०८३, बुधबार
  • ४ः११ बिहान

हिल्सा ट्र्याक असारभित्र खोलिँदै

प्रकाशित मिति

२०७७ असार १८ गते, बिहीबार ०९:३४

 

National Life

सिमकोट । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकखण्डको ट्र्याक खोल्ने कार्य असार मसान्तसम्ममा पूरा हुने भएको छ । सडकको बाँकी खण्डमा विस्फोट, मेसिन र कामदारले एकसाथ तीव्र रूपमा काम अघि बढाइएपछि ट्र्याक खोल्ने कार्य असारमा सकिने भएको हो ।

हिल्सा–सिमकोट सडक आयोजनाको धारापोरीदेखि च्याछरासम्मको खण्डमा बाँकी रहेको २५० मिटर क्षेत्रमा तीव्र रूपमा निर्माण कार्य भइरहेकाले निर्धारित समयमा ट्र्याक खोल्ने कार्य सकिने आयोजनाका योजना प्रमुख शशाङ्क मिश्रले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

ट्र्याक खोल्न बाँकी रहेको क्षेत्रमा दुईवटा मेसिन, विस्फोटका लागि होल खोप्ने, कामदारले जाली भर्ने तथा जमिन सम्याउने कार्य एकसाथ भइरहेकाले निर्धारित समयमा काम सम्पन्न हुने उनले बताए । अबको चार÷पाँच दिनमा हिल्सा–सिमकोट खण्डकै निकै कठिन मानिएको च्याछरा भीरमा चट्टान विस्फोट गरी सतह मिलाउने कार्य सम्पन्न गरेर ट्र्याक्टर गुडाइने जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखिएको छ ।

प्रतिकृया