• ७ असोज २०८३, बुधबार
  • ३ः१५ राती

काठमाडौं बस्ने संक्रमितले गाउँको ठेगाना टिपाउँदा हैरान

प्रकाशित मिति

२०७७ असार १७ गते, बुधबार ०९:५७

 

National Life

काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ताको प्रेस ब्रिफिङ सुन्दा लाग्छ, काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम छ र ? तर, सडकमा सवारी साधनको जाम छ। पैदल यात्रुको उस्तै चाप छ। लकडाउन खुकुलो भएको मौकामा संघीय राजधानी भित्रिनेको लर्को छ। पीसीआर परीक्षण गर्न टेकु अस्पतालमा उस्तै भीड लाग्छ। दैनिक औसत ८ सय जना लाइन लाग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारीको भनाई छ।

काठमाडौं भित्रिनेहरू कोरोना परीक्षण गर्न आतुर देखिन्छन्। तर, उनीहरूले परीक्षण गर्दा भर्ने फारममा भने बसोबास रहेको ठेगाना खुलाउँदैनन्। उनीहरूको प्रवृत्ति छ, बसोबास राजधानीको, ठेगाना जन्मस्थानको। यो प्रवृत्तिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा समस्या आएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पदाधिकारी तनावमा देखिन्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘आत्मीयता रहने हुनाले जन्मथलोको मायाले हो वा आफ्नो परिचय लुकाउनका लागि हो। त्यो थाहा भएन’, महाशाखाका निर्देशक डा। वासुदेव पाण्डे भन्छन्, ‘तर, वास्तविक ठेगाना उल्लेख नगर्दा हामीलाई संक्रमित खोज्नै हैरान हुने गर्छ।’ कोरोना ७७ वटै जिल्लामा फैलिएको छ। देशभरका २२ वटा प्रयोगशालामा पीसीआर परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ। ती प्रयोगशालामा दैनिक ४ देखि ७ हजारसम्म स्वाब नमुना परीक्षण हुन्छ।

काठमाडौंमा डेरामा आउनेलाई घरभेटीले पीसीआर परीक्षण रिपोर्ट ल्याउन दबाब दिएका छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बाहिरबाट आएका व्यक्ति मापदण्डबमोजिम दुई सातासम्म क्वारेन्टाइनमा बसेको प्रमाण छ र कोरोनासम्बन्धी लक्षण छैन भने पीसीआर नगरी घर पठाउन मिल्छ। तर, डेरावालहरू रिपोर्टका लागि टेकु अस्पतालमा दैनिक औसत ८ सय जनाको भीड लाग्ने गरेको छ। रिपोर्टबिना घरभेटीले घरमा छिर्न नदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको डा.गौतम बताउँछन्।

भीडको माहोलमा परीक्षण गराउनेले भर्नुपर्ने फारममा उल्लेख गर्नुपर्ने वास्तविक ठेगाना लेखिँदैन। जँचाउन चाहनेले पनि बसिरहेको अस्थायी ठेगाना लुकाउँछन्। स्थायी मात्र लेखाउँछन्। कोरोना परीक्षण गर्न आउनेको यस्तै गैरजिम्मेवारीपनले संक्रमणको जोखिम झन् बढाएको छ । यो माचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिकृया