• ७ असोज २०८३, बुधबार
  • १२ः४६ राती

विदेशी ज्वाइँलाई विभेद नगरौंः देउवा

प्रकाशित मिति

२०७७ असार ११ गते, बिहीबार १०:५२

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने प्रावधानले विभेद निम्त्याउने बताएका छन्। संविधानले पनि महिला र पुरुषबीच समानता सुनिश्चित गरेको उल्लेख गर्दै उनले संसदीय समितिले नागरिकतासम्बन्धी गरेको पछिल्लो प्रावधानप्रति असन्तुष्टि जनाएका हुन्।

National Life

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने तर विदेशी ज्वाइँबारे मौन रहने गरी नागरिकता ऐन संशोधन विधेयक बहुमतबाट पारित गरेको थियो। ‘छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन र हुनुहुँदैन पनि’, उनले बुधबार ट्विटरमा लेखेका छन्, ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन।’

उनले नागरिकतासम्बन्धी पछिल्लो प्रावधानले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने दाबी गरेको छ ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया