• ५ साउन २०८३, मंगलबार
  • ९:०० बिहान

लकडाउनको अवधिमा मात्र १ हजार २ सय २७ बटा महिला हिंसा मुद्वा दर्ता

प्रकाशित मिति

२०७७ असार ९ गते, मंगलवार १२:३४

 

काठमाडौं । लकडाउन अवधिमा महिला हिंसा रोकिएको छैन ।
महिला हिंसा लकडाउन अवधिमा मात्र १ हजार २ सय २७ बटा मुद्वा दर्ता भएका छन् भने मुद्वा दर्ता नभएका कयौँ घटना होलान त्यो आंकलन छैन् ।

Kamana Sewa

सामाजिक दुरी कायम गरेर घरमै बस्नुपर्ने बेलामा पनि हिंसामा कमी नआनुले नेपालमा महिला हिंसाले जरा गाडेको अनुमान गर्न सकिन्छ ।

Classic Tech Desktop

चैत ११ गते दखि जेष्ठ ३२ गते सम्म मात्रै ६ सय ३८ घरेलु हिसांका मुदा दर्ता भएका छन् । त्यस्तै जवरजस्ति करणीमा ३ सय ७३, बोक्सिको आरोपमा ८ जातीय छुवाछुतमा ५, बालयौन दुराचारमा ४६ वटालगायत १ हजार २ सय २७ बटा मुद्वा दर्ता भएको छ । सामान्य अवस्थामा जस्तै लकडाउनमा पनि यस्ता घटना हुनुमा समाज नै दोषी रहेको अधिकारकर्मी भनाई छ।

पुरुष प्रधान मानसिकताका कारण महिलाहरु हिंसाको सिकार भएको तर राज्यका नियमन निकायले प्रभावकारी भूमिका खेल्न नसकेको महिला अधिकारकर्मी बताउँछन् ।

सुरक्षा निकायले भने हिंसाका उजुरी लिने र तथ्याङ्क संकलन गर्नेबाहेक अरु काम गरेको देखिदैन । तर त्यस्ता अपराधको अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रक्रियामा नेपाल प्रहरीले कुनै कसर बाँकी नराखेको प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिए ।

यसको अर्थ समाजमा विकृति कायम रहँदा अपराधको अन्त्य भएको छैन ।

प्रतिकृया