• ७ असोज २०८३, बुधबार
  • १२ः४२ राती

६० वर्षदेखि तिब्बततिर नेपाली गाउँ

प्रकाशित मिति

२०७७ असार ७ गते, आईतवार ११:०६

 

National Life

गोरखा। करिब चार सय वर्ष पहिला राम शाहको राम राज्यलाई हेरेर उक्ति नै चलेको थियो, ‘न्याय नपाए गोर्खा जानू खोज्न।’ त्यही गोर्खा अहिले भने ६० वर्षदेखि एउटा गाउँ पराइलाई सुम्पिएर मौन बस्दै आएको छ।

उत्तरी गोरखाको रुई गाउँ नेपालको हो। तर, सरकारी हेलचेक्र्याइँका कारण २०१७ देखि चीनको स्वशासित क्षेत्र तिब्बतको अधीनमा छ। गोरखाको रुई भोटअन्तर्गत पर्ने रुई गाउँमा हाल ७२ घर छन्। नेपाली सरकारी अधिकारीले ‘प्रलोभनमा परेर’ सीमा स्तम्भ सार्न अनुमति दिए पनि नेपालको नक्सामा यो समेटिएकै छ।

Classic Tech Mobile
Classic Tech Desktop

रुईभोटका बासिन्दाले जग्गाको कर तिरेको अभिलेख मालपोत कार्यालय, गोरखामा सुरक्षित छ। बिर्तासम्बन्धी नम्बरीको ढड्डा नं. १ मा रुईभोट, सामागाउँलगायतका बासिन्दाले राजस्व तिरेको उल्लेख रहेको कार्यालयका सहायक कर्मचारी ठाकुर खनाल बताउँछन्। ‘अठार सय खोलादेखि रुईभोटसम्मका बासिन्दाले तिरो तिरेको अभिलेख कार्यालयको तामेल शाखामा हेर्न सकिन्छ’, उनले भने।

गोरखाको उत्तरी भेगमा रुई र तेघा भन्ने दुईवटा गाउँ नेपालकै रहेको इतिहासकार तथा सीमासम्बन्धी जानकार रमेश ढुंगेलले बताए। ‘रुई र तेका दुईवटै गाउँ २०१७ सालसम्म नेपालकै हुन्’, उनले भने, ‘कुनै लडाइँमा हारेर गुमाएको पनि होइन। कुनै सर्त र सम्झौतामा फँसेर तिब्बततिर परेको पनि होइन। सीमा स्तम्भ राख्ने बेला हेलचेक्र्याइँले ती दुवै गाउँ नेपालले गुमायो।’
त्यो गाउँसँग जोडिएको चुमनुब्री गाउँपालिका वडा १ का अध्यक्ष वीरबहादुर लामा भन्छन्, ‘रुईगाउँ पहिले हाम्रै जिल्लाभित्र थियो। हाम्रो गाउँदेखि त्यहाँसम्मको भूभाग सबै नेपालकै थियो। त्यहाँका बासिन्दा र हामीले राजस्व नाम्रुङका ठकुरी मुखियालाई बुझाउँथ्यौँ। तर अहिले उनीहरू तिब्बती भए।’

२०१७ मा गएको नापी टोलीले साम्दो र रुईको बीचमा ३५ नम्बर पिलर राख्न तिब्बतसँग सहमति जनाएपछि नेपाली भूभाग उता पुगेको उस बेलाका प्रत्यक्षदर्शीहरू बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखिएको छ ।

प्रतिकृया