सीटीईभीटीको उपाध्यक्षमा अधिकारी मनोनित
प्रकाशित मिति
२०७७ असार ६ गते, शनिबार ०६:५५
काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई मनोनयन गरेको छ ।
असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मनोनयन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिएका छन् ।
त्यस्तै, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ का फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) नियुक्त भएका छन् । त्यस्तै, कार्यकारी निर्देशकमा नुवाकोट दुप्चेश्वरका होमबहादुर दाङ नियुक्त भएको मन्त्री खतिवडाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.राजन खनाललाई नियुक्त गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका(७ घर भएका उनले केही महिनाअघि अर्थ मन्त्रालयको सचिव पदबाट अवकास पाएका थिए ।
असार २ गतेको मन्त्रिपरिषद्को, निर्णय यस्तो छ








प्रतिकृया