• 4:50 pm

सैनिकले दिएको बलिदान खेर जादैनः भारतीय प्रधानमन्त्री मोदी

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार ०६:४१

काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिकले गरेको बलिदानी खेर जान नदिने स्पष्ट पारेका छन् । उनले चिनियाँ सैनिकहरूसँगको झडपमा परी मृत्यु भएका २० सैनिकको सम्मानमा २ मिनेट मौनधारण गरेका थिए ।

बुधबार कोरोनाभाइरसको नियन्त्रणका सम्बन्धमा मुख्यमन्त्रीहरूसँगको भर्चुअल मिटिङको सुरूमा मोदीले दुई मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । र, लगत्तै उभिएर मौनधारणा गरेका थिए ।

प्रतिकृया