• २३ भदौ २०८३, मंगलबार
  • ७ः४७ बेलुका

कोरोना अपडेटः पाँच सय ८६ जना थपिए, नौ जना डिस्चार्ज, एकको मुत्यु

प्रकाशित मिति

२०७७ असार ३ गते, बुधबार ०४:३१

काठमाडौँ, नेपालमा थप ५८६ जना सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या सात हजार १७७ पुगेको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो।

National Life

डिस्चार्ज हुने ९ जना पुरूष छन् । योसँगै कुल डिस्चार्ज एकहजार एक सय ६७ पुगेको छ । सङ्क्रमित जिल्ला ७३ पुगेको छ ।

त्यसैगरी थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

Classic Tech Desktop

मृगौला सम्बन्धि समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको थियो ।

प्रतिकृया