• २० भदौ २०८३, शनिबार
  • ११ः५० बिहान

फलफुलको राजा आँप खानुमन आश्चर्यजनक फाइदाहरु

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार १०:३८

 

National Life

काठमाडौं । आँपलाई फलफुलको राजा पनि भन्ने गरिन्छ । आँप धेरैलाई मनपर्ने गर्छ । खाँदा निकै मिठो हुने आँप स्वास्थयको लागि पनि फाइदाजनक छ । काँचोमा अमिलो र पाकेपछि गुलियो हुने आँप धेरैको रोजाइमा पर्छ । काँचोमा खादा नि मिठो र पाकेपछि मिठा हुन्छ । आँपलाई  जुस बनाए र खादा झनै मिठो हुन्छ यस्ले स्वास्थ्यको लागि पनि फाइदा गर्दछ ।

 

Classic Tech Desktop

आँपका हरेक भागमा औषधीय गुण पनि हुन्छ ।प्रशस्त प्रोटिन, फ्याट, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’, कपर लगायतका तत्वहरु पाइने आँपले धेरै प्रकारका रोग लाग्नबाट बचाउँछ ।

आँपको सेवनले पेट सम्बन्धी हरेक समस्याहरू समाधान हुन्छ । यसको सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिस हुनबाट बचाउछ । यसको सेवन गर्ने गरेमा हाम्रो मुटु बलियो हुन्छ । प्रशस्त यसमा आइरन पाइने हुँनाले शरीरमा रगत बढाउन सहयोग गर्छ ।

यसमा पेट सफा गर्ने गुण हुन्छ । यसको सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसबाट टाढा राख्छ । आँपको सेवनले आँखा तेजिलो बनाउने, स्मरण शक्ति बढाउने लगायत रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।

प्रतिकृया