• 5:38 pm

ओमानबाट एक सय ६६ नेपाली स्वदेश फकिँदै

प्रकाशित मिति

२०७७ असार १ गते, सोमबार १२:४८

काठमाडौं, ओमानबाट सोमबार १ सय ६६ जना नेपाली स्वदेश फकिँदैछन् । ओमानस्थित नेपाली दूतावासले ओमानको सलाम एयरको विमान चार्टर गरेर उनीहरुलाई स्वादेश फर्काइन लागेको हो ।

सो विमान दिउँसो साढे १ बजे काठमाडौं आईपुग्नेछ । यो विमानमा फर्किन यात्रुले ३६ हजार रुपैयाँ भाडा तिरेका छन् । जबकी नेपाल सरकारले पठाउन लागेको चार्टर्ड विमानको भाडा दुई पटक घटाउदा पनि ४५ हजार छ ।

आज फर्किनेहरुको साथमा पीसीार नेगेटिभ आएको रिपोर्ट छ । उनीहरु सीधै होम क्यारेन्टिनमा जानेछन् । सो विमानले एक जना मृत नेपालीको शब पनि ल्याउनेछ ।  दूतावासले दोस्रो उडान असार ४ गते तय गरेको छ । त्यसमा १ सय ८० जना नेपाली फर्किने छन् ।

प्रतिकृया