अभिनेता सुशान्त सिंहले गरे आत्महत्या
प्रकाशित मिति
२०७७ जेष्ठ ३२ गते, आईतवार ०४:५५

एजेन्सी, बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।
बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए । टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक थिए । उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए ।
सुशान्तकी पूर्व म्यानेजर दिशा सालीयानले गत साता आत्महत्या गरेकी थिइन् । यो खबर ट्विट गर्दै सुशान्तले आफू स्तब्ध बनेको बताएका थिए ।
३४ वर्षका सुशान्तले सन् २०१४ मा ‘काइ पो चे’ चलचित्रबाट बलिउडमा डेब्यू गरेका हुन् । उनले ‘पीके’, ‘केदारनाथ’, ‘शुद्ध देशी रोमान्स’, ‘छिचोरे’ जस्ता सफल चलचित्रमा काम गरेका छन् । जिटीभीको सिरियल ‘पवित्र रिस्ता’ बाट सुशान्तको करिअर सुरु भएको थियो । उनी अविवाहित थिए ।
Related
Recent News
- सभामुख घिमिरे: नयाँ संसद् भवनबाट सभा सञ्चालन गर्न अझै केही समय लाग्ने
- लगातार तीन दिनपछि शेयर बजारमा करेक्सन, नेप्से २.८७ अंकले घट्यो
- राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी (मार्गदर्शनसहित)
- डा. कोइरालाद्वारा निकट सांसदहरूलाई छलफलका लागि बोलाए
- पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्ज हुने
- मेयरको धम्कीपछि पत्रकारको मृत्यु, मेयरमाथि स्थानीयको गम्भीर आशंका
- ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- किन जादै छन् प्रधानमन्त्री ओली भारत भ्रमण ?
- पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता
- नेपाल एसबिआई बैंकको ३ अर्बको ऋणपत्रमा १२ अर्बको आवेदन
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया