सूर्यविनायक नगरपालिका २ बालकोटमा नेकपा सम्पर्क कार्यालय सञ्चालनमा
प्रकाशित मिति
२०७७ जेष्ठ ३२ गते, आईतवार ०४:०४
भक्तपुर, जनताको गुनासो आएपछि सूर्यविनायक नगरपालिका २ बालकोटमा नेकपा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचन पछि भएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकिकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि निस्क्रिय बनेको पार्टी गतिबिधी पुनः सूचारु गर्नेगरी नेकपाले कार्यालय संचालनमा ल्याएको नेकपा जिल्ला सदस्य एवं बालकोट इन्चार्ज श्यामसुन्दर बस्नेतले जानकारी दिनुभयो ।
एमाले र माओवादीबिचको एकिकरण पछि बनेको नेकपाको जिल्ला, नगर र वडास्तरमा कमिटीहरु निर्माण भई परिचालन हुन ढिलाई भएको र जिल्ला कमिटी गठनपछि नगर र वडास्तरमा कमिटी परिचालनमा सुस्तता आएकै कारण नेकपाका धेरै कार्यकर्तामा निराशा छाएको थियो ।
गत २०७४ सालको स्थानीय तहको गतनिर्वाचनमा सिमिति मतका कारण वडा नं. २ को वडाध्यक्षमा परिजित हुनुभएको वडाध्यक्षका प्रत्यासी रबि श्रेष्ठलाई कार्यकर्ता र स्थानीय जनताले विकासमा विभेद भएको, नेकपाका कार्यकर्ता भएका बस्तीमा विकासमा गतिबिधी शुन्य भएको, आफ्ना क्षेत्रमा विकासको अनुभूति गर्न नपाएको, आफ्नो समस्या राख्ने ठाउँसमेत नभएको भन्दै वडाध्यक्षका प्रत्यासी श्रेष्ठलाई पटक पटक गुनासो गरेपछि नेकपा वडा कार्यालय संचालनमा ल्याएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. २ कार्यालय (बालकोट प्रहरीको पुरानो भवन) अगाडिको घरमा यहीँ जेठ ३१ गते शनिवार नेकपा जिल्ला सदस्य बस्नेत, जिल्ला सदस्य एवं नगरपालिकाको कार्यपालिका सदस्य हिरामाया शेर्पा, जिल्ला सदस्य नारायणी खनाल, सूनपाका कानूनी सल्लाहकार एवं तत्कालिन नेकपा बालकोट गाविस अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, तत्कालिन माओवादी केन्द्र जिल्ला सदस्य दिनेश खड्का, जिल्ला शिक्षक संगठन कमिटी अध्यक्ष राजन खत्रीलगायत नेकपाका नेता तथा कार्यकर्तासहितको छलफलपछि एक कार्यक्रमबिच कार्यालय सञ्चालनमा ल्याएको श्रेष्ठले बताउनुभयो । उहाँले नेकपाको युवा नतो सन्तोष थापाको विशेष पहलमा प्रकाश लामिछानेको घरमा भएको छलफल पछि सम्पर्क कार्यालय खोल्ने निर्णय भएको जानकारी दिनुभयो ।
कोभिड–१९ का कारण सामाजिक तथा भौतिक दूरी कायम गरी कार्यालय सञ्चालनमा ल्याएपछि नेकपा जिल्ला सदस्य, युवा नेता एवं २ नं.वडाका इन्चार्ज श्यामसुन्दर बस्नेत तत्कालिन एमाले र माओवादी केन्द्रबिचको एकता पछि बनेको देश कै ठूलो पार्टीको एकतालाई तल्लो तहसम्म ल्याउन समय लाग्नु स्वभाविकै भएको बताउदै पार्टी एकिकरणको चरण धेरैहदसम्म टुंगिसकेको र बालकोटमा नयाँ कमिटीसमेत गठन भइसकेको अवस्थामा अब नेकपा एकढिक्का भएर अगाडि बढ्ने बताउनुभयो ।
“चुनावपछि बालकोटमा नेकपा हरायो भन्ने पनि कतिपयलाई लाग्यो होला, यो समय नेकपा शक्ति सञ्चय र पार्टी एकीकरणको प्रक्रियालाई तल्लो तहसम्म टुङ्गोमा पुर्याउने चरणमा रहेकाले केही गतिबिधी शून्य भएका हुन्,” जिल्ला सदस्य एवं यूवा नेता बस्नेतले भन्नुभयो–“नेकपाका कार्यकर्ता र यहाँको जनताले निराश हुनु पर्दैन, अब सम्पर्क कार्यालय सञ्चालनमा आएको छ, यो कार्यालय आगामी निर्वाचनपछिसम्म पनि रहिरहने छ, हामी गुनासो सुन्छौ, विकासका लागि दबाब दिन्छौ, गतिबिधी गर्छौ, विकासमा विभेद भएको छभने सामान विकासलागि लाग्ने छौ र आगामी निर्वाचनमा जित सुनिश्चित गर्नेछौ ।”
कार्यक्रममा तत्कालिन एमालेबाट वडाध्यक्षको उम्मेदवार भई १७ मतले पराजित हुनुभएका रबि श्रेष्ठले जनताको राम्रो मत पाएपनि आफ्नै पार्टीका केही व्यक्तिको असहयोगका कारण पराजित हुनु पर्दाको पीडा अहिले वडावासीले भोग्नु परेको बताउनुभयो । चुनावमा व्यक्ति हराउन खोज्ने केहीको स्वार्थ र इगोले अहिले पार्टी हारेको महसुस सबैले गरेको बताउदै उहाँले अब पुनः पार्टीको सम्पर्क कार्यालय सञ्चालनमा आएकाले नेकपाका कार्यकर्ता एवं स्थानीयमा आएको समस्या सुल्झाउनदेखि विकासका गतिबिधीलाई सक्रिय बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यालय सञ्चालन एवं कार्यकर्ता भेलामा श्रेष्ठले भन्नुभयो–“ यो भेलाले बालकोटको विकासलाई पूर्णता दिन भूमिका खेल्नेदेखि आगामी निर्वाचनमा नेकपाको जीतलाई सुनिश्चित गर्ने उज्यालोको रुपमा प्रज्वलित भएको बताउदै सबै एक डिक्का भएर लाग्नआग्रह गर्नुभयो । कार्यक्रममा कोरोना भाइरस संक्रमण रोक्न सबैले आ–आफ्नो तर्फबाट सरकारले निर्देशन पालना गर्दै भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो ।
प्रतिकृया