• ३० भदौ २०८३, मंगलबार
  • १२ः४८ राती

कोरोनाको कारण चीनका ४० प्रतिशत सिनेमा हल बन्द हुन सक्ने

प्रकाशित मिति

२०७७ जेष्ठ २३ गते, शुक्रबार ०७:०९

 

National Life

काठमाडौं । कोरोना भाइरसको महामारीपछि चीनका ४० प्रतिशतभन्दा बढी सिनेमा हलहरू बन्द हुन सक्ने एउटा प्रतिवदेन सार्वजनिक भएको छ ।

चिनियाँ चलचित्र सङ्घले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरोना महामारीपछि आममानिस सिनेमा हलसम्म पुग्न डराइरहेको र आर्थिक संकटकै कारण सिनेमा हलहरू स्थायीरूपमा नै बन्द हुने अवस्थामा पुगेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

इन्टरनेटमार्फत ग्राहकको विद्युतीय उपकरणमा सहजै स्ट्रीमिङ सेवा उपलब्ध भएपछि लाखौँ चिनियाँ नागरिकले अनलाइनमार्फत् चलचित्र हेरेर मनोरञ्जन लिन थालेका छन्।

एउटा अनुसन्धान संस्था आइबीआइएस वर्ल्डका अनुसार चीनमा हाल १२ हजारभन्दा बढी सिनेमा हल छन्। तीमध्ये प्रत्येक १० वटामध्ये चार वटा सिनेमाघर निकट भविष्यमा बन्द हुन सक्ने चिनियाँ चलचित्र संघले जनाएको बीबीसीले जनाएको छ ।

अघिल्लो वर्ष चिनियाँ सिनेमाघरहरूले टिकट विक्रीबाट ६४।२ अर्ब युआन कमाएकोमा उक्त आम्दानी घटेको बताइएको छ । संघका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा सिनेमा हलहरूको आम्दानीमा ब्यापक गिरावट आएको छ ।

प्रतिकृया