• २८ भदौ २०८३, आइतबार
  • ५ः४९ बेलुका

चीनको एक स्कुलमा सुरक्षागार्डले चक्कु प्रहार गर्दा ४० जना घाइते

प्रकाशित मिति

२०७७ जेष्ठ २२ गते, बिहीबार ०१:२४

एजेन्सी, चीनको एक प्राथमिक विद्यालयमा बिहीबार बिहानै चक्कु आतंक मच्चिएको छ । स्थानीय समय अनुसार बिहान साढे ८ बजे वुजाउस्थित वाङ्फुको सेन्ट्रल प्राइमेरी स्कुलमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरेको एससीएमपीले जनाएको छ ।

National Life

चक्कुको आक्रमणबाट ४० जना घाइते भएका छन् । सोही विद्यालयमा कार्यरत ५० वर्षिय सुरक्षागार्ड लि सियोमिनले आक्रमण गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घाइते हुनेहरुमा आधिकांश विद्यार्थीहरु छन् । केही शिक्षकहरु पनि घाइते भएका छन् । आठ वटा एम्बुलेन्समा घाइतेहरुलाई अस्पताल लगिएको थियो । घटनामा सबैको अवस्था समान्य रहेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया