• ७ असोज २०८३, बुधबार
  • १२ः१३ राती

नेपाली दूतावासले साउदीबाट फर्कन चाहने नेपालीलाई विवरण बुझाउन अनुरोध

प्रकाशित मिति

२०७७ जेष्ठ २० गते, मंगलवार १०:१९

 

National Life

काठमाडौं । साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा रहेका र समस्यामा परेका नेपालीलाई स्वादेश फिर्ता गर्नको लागि थप विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

समस्यामा परेकाले दूतावासमा विवरण बुझाएको पनि थप विवरण ईमेल वा फोन मार्फत विवरण टिपाउन समेत अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल फर्किनका लागि साउदीमा रहेका धेरै नेपालीहरुले फारम भरेको समेत दूतावासले जनाएको छ ।

बहिर्गमन भिसा लागेका, करार समाप्त भएका, रोगजारी गुमाएका, बहिर्गमन भिसा लागेका महिला, गर्भवती, पारिवारिक र भिजिट भिसामा आएकाहरु, अकामा नवीकरण नगरिएका वा नबनाइएका, आफन्तको मृत्यु भएका, कोरोनाबाहेक अन्य बिरामीहरु, रोजगारीसहित बिदामा जाने, अध्ययन सकेर नेपाल जानुपर्ने विद्यार्थी लगायतले फारम भरेको देखिएको दूतावासले जनाएको छ ।

नेपाल सरकारले कोरोना संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश जानुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश जान सहजीकरण गर्ने निर्णय भएको हुँदा अविलम्ब निम्‍न विवरण राजदूतावासको ईमेलमा निम्‍न विवरण पठाउन दुतावासले अनुरोध छ ।

यस्ता छन् बुझाउनु पर्ने विवरण

१. बहिर्गमन भिसा र राहदानीको कपि ।

२. विरामी भएकाहरुले चिकित्सकको प्रमाणपत्र, औषधीको प्रेस्कृप्सन । जहाजमा उड्न कठिनाइ हुने बिरामीले सो समेत खुलाउनुपर्ने ।

३. आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेको हकमा कारण सहितको स्वघोषणा ।

४. नेपाल जानुपर्ने विद्यार्थीहरुको अध्ययन सकिएको वा बिदा आदिको कागजात ।

आभा खमीस, नजरान, जिजान, आभा, बाहा, बलजुरैसी, बिसा, ताइफ, मक्का, मदिना, जेद्दा, यम्बु, ताबुक, लगायतका स्थानमा कार्यरत तर नेपाली राजदूतावास रियादले आह्वान गरेको अनलाइन फारम भरेका सबैजनाको विवरण एकिकृत गरी नेपाली महाबाणिज्य दूतावास, जेद्धामा पठाइएकोले महाबाणिज्य दूतावास जेद्धामा सम्पर्क गर्न समेत अनुरोध छ ।

अकामा नविकरण नगरिएका, नवनाइएका, काम्पनी छाडी अन्यत्रै काम गरिरहेका लगायतका नेपालीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय भइरहेकोले सो सम्बन्धमा पछि जानकारी गराइने छ दुतावासले बताएको छ ।

हवाई टिकट खर्च, कोरोना संक्रमणको अनिवार्य स्वास्थ्य परिक्षण, क्वारेन्टाइनमा बस्नुपर्ने अवधि तथा पालना गर्नपर्ने अन्य शर्तहरुका बारेमा पछि जानकारी गराइने नेपाली राजदूतावास जनाएको छ ।

प्रतिकृया