• २६ भदौ २०८३, शुक्रबार
  • १ः२५ दिउँसो

प्रेमिका भगाउन गएका युवकको गाउँलेको कुटाइबाट मृत्यु, ६ वेपत्ता

प्रकाशित मिति

२०७७ जेष्ठ ११ गते, आईतवार ०८:०४

रुकुमपश्चिम । गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ।

National Life

नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।१२ जना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ। नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो।

सुष्माकै आग्रहमा नवराज १९ जना युवा लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए।केटाहरु आएको खबर पाएपछि सुष्माकी आमाले हल्ला गरेकी थिइन्। त्यसपछि भेला भएका गाउँलेहरुको कुटपिटबाट नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

गाउँहरुले लखेट्दा अन्य छ युवा वेपत्ता रहेको उनको भनाइ छ।सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए।

उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो। जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ।रासस

प्रतिकृया