• २६ भदौ २०८३, शुक्रबार
  • १०ः२९ बिहान

विश्वभर कोरोना भाइरसका कारण ३ लाख ४३ हजारको मृत्यु, ५४ लाख संक्रमित

प्रकाशित मिति

२०७७ जेष्ठ ११ गते, आईतवार ०७:०२

 

National Life

काठमाडौं । विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरस बाट विश्वभर ५४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ३ हजार २१० नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख १ हजार २२२ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ४७ हजार १०९ जना संक्रमण मुक्त भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बितेको २४ घण्टामा ४ हजार ३७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ७९९ पुगेको छ । २८ लाख १० हजार ३१४ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार ५६२ जनाको अवस्था गम्भीर छ । आइतबार बिहान साढे ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार २७५ जनाको मृत्यु भएको छ ।

१८ लाख ८५ हजार ९०० जना संक्रमित भएकोमा ८ लाख ६३ हजार १४५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १३ हजार ४६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख ५५ हजार १७६ पुगेको छ । त्यसमध्ये ५ लाख ५४ हजार १४१ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २७ हजार ६८ जनाको मृत्यु भएको छ । ९ लाख ३६ हजार ३३६ जना संक्रमित भएकोमा ५ लाख ४६ हजार ११८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३० हजार ५९० जनाको मृत्यु भएको छ । ६ लाख ४ हजार ९०० जना संक्रमित भएकोमा २ लाख ३० हजार ८२७ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार २६८ जनाको ज्यान गएको छ भने १ लाख ९ हजार ४७० जना संक्रमित छन् । संक्रमितमध्ये ४४ हजार १७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७१९ जना संक्रमित भएकोमा ८ हजार ५० जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ६६ हजार ८२८ जनामध्ये ४ लाख ४६ हजार ९१४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया