थप २० जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ५०७ पुग्यो
प्रकाशित मिति
२०७७ जेष्ठ ९ गते, शुक्रबार ०४:२६
काठमाडौं, थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससंगै संक्रमितको संख्या ५०७ पुगेको छ । बाँके १४, कैलाली ३, डडेलधुरा १, मोरङ १ र बैतडीमा एक जनामा कोरोनाको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।
यस्तै मोरङको रतुवामाई–२ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।




प्रतिकृया