• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय

प्रकाशित मिति

२०७७ जेष्ठ ९ गते, शुक्रबार ०१:४९

काठमाडौं, सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानमा रहेको निशान छाप भित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधन आवश्यक रहेकाले यस्तो निर्णय गरिएको हो । संविधानको धारा ९ को उपधारा २ संशोधन हुने बताइएको छ ।

Kamana Sewa

संविधान संशोधन संसदको दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ।
भारतले आफ्नो बनाएको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश भएको नयाँ नक्सा सरकारले बुधबार सार्वजनिक गरेको थियो ।

Classic Tech Desktop

प्रतिकृया