• २८ भदौ २०८३, आइतबार
  • १ः५४ दिउँसो

दार्चुलाको घाँटीबगरमा नेपाली सेना तैनाथ

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार ०९:५६

 

National Life

दार्चुला । नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ ।

महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो ।मन्त्रिपरिषद्को गत वैशाख १४ को निर्णयअनुसार, सो सडक खण्डअन्तर्गत व्यास गाउँपालिका वडा नं २ स्थित घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो र घोडेटो बाटो निर्माणका लागि आज त्यहाँ सुरक्षा फौज तैनाथ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ हो ।

Classic Tech Mobile
Classic Tech Desktop

बाटो निर्माण कार्यका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका लागि नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीसहितको टोली भने आज त्यहाँ गएको छ । चीन र भारतको सीमानाकासमेत पर्ने दार्चुलाको व्यास गापा– १ मा पर्ने छाङरु र तिङ्कर गाउँका करिब १८२ घरपरिवारको करिब १२०० जना स्थानीयलाई सदरमुकाम खलङ्गा आवतजावतमा बाटो नभएका कारण अप्ठ्यारो हुँदै आएको छ ।

स्थानीय मौरी भिरमा ठूलो चट्टान र घाँटीबगरमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या उत्पन्न भएको थियो । स्थानीय बासिन्दाले हालसम्म भारततर्फ रहेको बाटो प्रयोग गर्दै आएका थिए । घाँटीबगर र मौरी भिर इलाकामा पर्ने ४५० मिटर सडकखण्ड अविलम्ब सञ्चालन गर्न जिल्ला सुरक्षा समितिबाट निर्णय भएको थियो । सडकखण्ड सञ्चालन भएपश्चात् स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।

प्रतिकृया