• २९ भदौ २०८३, सोमबार
  • ६ः४४ बिहान

बाँके र कपिलवस्तुमा थपिए तीन जना कोरोना संक्रमित, कुल संख्या ४५७

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार ०८:५५

काठमाडौं, बाँके र कपिलवस्तुमा थप ३ जनामा कोरोना (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यसका साथै नेपालमा संक्रमित संख्या ४५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार भेरी अस्पताल, नेपालगंज र प्रादेशिक जनस्वास्थ प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा थप ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

National Life

संक्रमित बाँके,नरैनापुर–३ का ३२ वर्षीय पुरुष, खजुरा–३ का ४२ वर्षीय महिला र कपिलबस्तुका १९ वर्षिय पुरुष रहेका छन् । नेपालमा संक्रमित कुल संख्या ४५७ मध्ये तीन जनाको मृत्यु भइसकेको छ भने ४९ जना निको भइ घर फर्कि सकेका छन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया