• २५ भदौ २०८३, बिहीबार
  • ५ः२८ बेलुका

चक्रवातका कारण भारत र बंगलादेशमा १५ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार ०७:४७

काठमाडौं । बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण भारत र बंगलादेशमा कम्तिमा १५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

National Life

चक्रवातको प्रभावले भारतको कोलकता, पश्चिम बंगालसहित बंगलादेशमा भीषण वर्षासहितको ठूलो हावाहुरी चलेको थियो । उक्त चक्रावतले दुबै मुलुकमा १५ जनाको मृत्यु भएको उल्लेख भए पनि कहाँ कति भन्ने खुलाइएको छैन ।ठूलो हावाहुरीका कारण रुखहरु उखेलिएका थिए भने हजारौं घरका छाना उडाएको तथा ठाउँरठाउँमा घर नै भत्किएको जनाइएको छ ।

चक्रवातको प्रभावले भारत र बंगलादेशका तटीय क्षेत्रबाट विस्थापित भएका करिव ३० लाख मानिसहरूलाई कोरोना भाइरस संक्रमणको त्रासले कायम गरिएका प्रतिबन्धले राहत वितरणमा पनि समस्या भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् १९९९ पछि बंगालको खाडीमा बनेको सबैभन्दा ठूलो भनिएको उक्त चक्रवातको असर अब भने क्रमिक रूपमा घट्दै जाने बीबीसीले जनाएको छ ।

प्रतिकृया