• १ असोज २०८३, बिहीबार
  • १२ः२९ दिउँसो

देशभर हालसम्म ८४ हजार ९ सय ९१ जनामा कोरोना परिक्षण

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०४:५५

काठमाडौं, देशभर अहिलेसम्म ८४ हजार ९ सय ९१ जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत २२ हजार ६६४ जनाको र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ६२ हजार ३२७ जना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

National Life

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३६३ जनाको नमूना परीक्षण भएको छ।

यसैगरी हालसम्म क्वारेन्टाइनमा १५ हजार ६०० जना रहेका छन् । हाल काठमाडौंमा ६ जना र बाहिर २६६ जना रहेका आइसोलेसनमा रहेको उनले बताए । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २४६ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। कोरोना निको हुनेको संख्या ३५ पुगेको छ । प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७ सय थान आरडिटि र ७ हजार भिटिएर र पिपिई पठाइएको देवकोटाले जानकारी दिए ।

प्रतिकृया