• १ असोज २०८३, बिहीबार
  • ११ः४६ बिहान

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतको आदेश

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०४:१८

काठमाडौं, सर्वोच्च अदालतले कोभिड–१९ महामारी नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको छ।

National Life

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन भनेको हो । अधिवक्ता कमलबहादुर खत्रीसहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

कोभिड–१९ सँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन भनेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया