• २८ भदौ २०८३, आइतबार
  • ३ः१२ दिउँसो

भारतमा कोरोना भाइरसका कारण २५ सयको मृत्यु, ७८ हजारभन्दा बढी संक्रमित

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०५:३७

 

National Life

काठमाडौं । भारतमा कोरोना भाइरसका कारण बाट मृत्यु हुनेको संख्या २ हजार ५ सय नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १३६ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ५५१ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एकैदिन अरु ३ हजार ७६३ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ । ४९ हजार १०४ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २६ हजार ४०० जना निको भएका छन् ।

कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ । मंगलबारदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ ।

प्रतिकृया