• २८ भदौ २०८३, आइतबार
  • १ः११ दिउँसो

भक्तपुरमा खतरा बढेसँगै उच्च सतर्कता

प्रकाशित मिति

२०७७ जेष्ठ १ गते, बिहीबार ०६:२६

काठमाडौं। भक्तपुरमा कोरोना भाइरस (कोभिड–१९) विस्तार हुन सक्ने खतरा बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ । अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

National Life

भक्तपुरमा मङ्गलबार साँझ दुई जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि उच्च सतर्कता अपनाइँदै भक्तपुरको जिल्ला स्तरीय ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’को बुधबार बसेको बैठकले अत्यावश्यकबाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।
अत्यावश्यक वस्तुबाहेक व्यापार, उद्योग, व्यवसाय सञ्चालनमा रोक लगाइएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले जानकारी दिएका छन् ।

भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यक बाहेकका व्यक्ति र सवारी साधनलाई निषेध गर्ने, भक्तपुरका चारवटै नगरपालिकाले क्वारेन्टाइन व्यवस्थित राख्ने, पालिकाका सबै वडाले आफ्नो वडामा बाहिरबाट आएका व्यक्तिको निगरानी राख्ने उक्त समितिले निर्णय गरेको छ । गोरखापत्रबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया