• २५ भदौ २०८३, बिहीबार
  • ७ः०८ बेलुका

‘ब्याक अफ ईण्डिया’ नारा लगाउँदै विरोधमा उत्रिएका अनेरास्ववियुका नेता/कार्यकर्ता पक्राउ

प्रकाशित मिति

२०७७ बैशाख २७ गते, शनिबार ०२:२८

काठमाडौं, भारतीय दूतावासमा जुलुश तथा धर्ना दिन गएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

भारतले नेपालका भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित् भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचोर नपुग्दै उत्तरढोका अघिबाट प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले भारतीय सेना मुर्दावादको पनि नारा लगाएका थिए । भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक बनाएर शुक्रबार उद्घाटन गरेपछि उनीहरुले विरोध गरेका हुन् । विद्यार्थीहरुले ब्याक अफ ईण्डिया भन्दै चर्को नारा लगाएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया