• ७ असोज २०८३, बुधबार
  • १२ः५४ राती

आज पनि हावाहुरी, चट्याङसहित पानी पर्ने सम्भावना, मौसममा सुधार हुन समय लाग्ने

प्रकाशित मिति

२०७७ बैशाख २३ गते, मंगलवार १०:४४

 

National Life

काठमाडौं । विगत केही दिनदेखि जारी मौसमको बदली अझै केही दिनसम्म रहिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको बताएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले देशको पश्चिमी भुभागमा पूर्ण बदलि भई केहि स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भुभागमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

मंगलबार बिहान सुदूरपश्चिमका सबै भेगमा वर्षा भएको पनि जनाएको छ । अन्य क्षेत्रमा पनि दिनभरमा वर्षा हुने महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको मौसम पनि बदली भएको छ । बिहान न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस र भिजिबिलिटी ७ किलोमिटर रहेको थियो ।

महाखाशाले आगामी २४ घण्टा पश्चिमी, मध्य र पूर्वमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेतना अपनाउन आग्रह गरेको छ ।

बिहीबारसम्म नै मौसममा खरावी रहने र त्यसपछि मात्र आगामी दिनको प्रक्षेपण गर्न सकिने महाशाखाका मौसमविद्ले जनाएका छन् । सोमबार देशका सबै भागमा वर्षा भएको छ । सबैभन्दा बढी वर्षा पोखरामा भएको छ । पोखरामा ७६.७ मिलिमिटर वर्षा भएको छ । लुम्लेमा ४५.५, काठमाडौंमा ८.२ तथा धनगढीमा ३६.५ डिग्री सेल्सियस वर्षा भएको छ ।

प्रतिकृया