• २६ भदौ २०८३, शुक्रबार
  • ५ः३२ बिहान

किम फर्किएको देख्दा निकै खुसी छुः ट्रम्प

प्रकाशित मिति

२०७७ बैशाख २१ गते, आईतवार ०४:५७

 

National Life

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार उत्तर कोरियाली नेता किम जङ उन जीवित रहेको पुष्टि गरेका छन् । उनले ट्विटरमा किम फेरि काममा फर्किएको र एक उद्योग उद्घाटन गरेको भन्दै दाबी गरिएका तस्वीरलाई रिट्विट गर्दै आफ्नो खुसी व्यक्त गरेका हुन् ।

ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘म, कम्तिमा पनि म, उनी स्वस्थ्य भएको र फेरि फर्किएको देख्दा खुसी छु ।’

Classic Tech Mobile
Classic Tech Desktop

तर यसबारे उनले अमेरिकी पत्रकार सम्मेलनमा केही बताएका थिएनन् ।

अर्कोतिर, किम स्वस्थ छन् भनेर देखाउन प्रयोग गरिएका शनिबारका तस्वीरहरुमाथि पनि आशंका गरिएको छ । यी तस्वीर उत्तर कोरियाली सरकारी सन्चारमाध्यमले जारी गरेको हो ।

२० दिनअघि देखि उन हराइरहेका थिए । उनको मुटुको शल्यक्रिया गरिएको भनिएको थियो । केहीले त उनको मृत्यु भइसकेको दाबी पनि गरेका थिए ।

त्यसो त किम हराएको यो पहिलो पटक होइन । उनी २०१४ को सेप्टेम्बरमा ४० दिन हराएका थिए । त्यति बेला पनि उनको स्वास्थ्यबारे यस्तै अड्कलबाजी गरिएका थिए ।

त्यति बेला उनी गोलीगाँठाको अपरेसन गरेर आराम रहेको बताइएको थियो ।

 

प्रतिकृया