• २६ भदौ २०८३, शुक्रबार
  • १०ः३४ राती

चलचित्र विकास बोर्डको अध्यक्षका लागि अभिनेता निखिल उप्रेतीले दरखास्त दिँदै

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार ०८:३१

 

National Life

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले मंगलबार सूचना निकालेर चलचित्र विकास बोर्डको अध्यक्षका लागि इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता निखिल उप्रेतीले पनि दरखास्त दिने भएका छन् ।

चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत मंसिर २९ गते निधन भएपछि सो पद रिक्त रहँदै आएको छ । उक्त रिक्त पदमा निखिलले दरखास्त दिन लागेका हुन् । निखिल दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील अभिनेता रुपमा काम गर्दै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया