• २३ भदौ २०८३, मंगलबार
  • १०ः३२ बिहान

विश्वभर कोरोना भाइरसको कहर जारी, बढी प्रभावित १५ देशको अपडेट

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०६:४०

 

National Life

काठमाडौं।  विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिन प्रति दिन बढि रहेको छ । पछिल्लो अपडेट अनुसार विश्वभर भएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ९२३ जनाको कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार ८२९ जनाको मृत्यु मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ८७ हजार ३३१ जना थप संक्रमित पुष्टि भएको छ । पछिल्लो अपडेट अनुसार संसारभर ३३ लाख ४ हजार १३९ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । त्यस्तै अहिलेसम्म विश्वभर १० लाख ३९ हजार ५५ जना ठिक भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

कोरोना संक्रमणबाट प्रभाव परेका १५ मुलुकको पछिल्लो अपडेट ः

अमेरिकामा १० लाख ९५ हजार १९ कुल संक्रमित भएका छन् भने ६३ हजार ८५६ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ५२ हजार ३२४ निको भएर फर्किएका छन् ।

इटालीमा २ लाख ५ हजार ४६३ कुल संक्रमित भएका छन् भने २७ हजार ९६७ जनाको मृत्यु भएको छ । यसैबीच ७५ हजार ९४५ निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म एक लाख ७१ हजार २५३ कुल संक्रमित भएका छन् भने २६ हजार ७७१ जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख ३९ हजार ६३९ कुल संक्रमित भएका छन् भने २४ हजार ५४३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३७ हजार ९८४ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ६७ हजार १७८ कुल संक्रमित भएका छन् भने २४ हजार ३७६ जनाको मृत्यु भएको छ । यसैबीच ४९ हजार ४७६ जना निको भएर फर्किएका छन् ।

बेल्जियममा ४८ हजार ५१९ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ५९४ जनाको मृत्यु भएको छ । यसैबीच ११ हजार ५७६ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ६३ हजार ९ कुल संक्रमित भएका छन् भने ६ हजार ६२३ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २३ हजार ५ सय निको भएर फर्किएका छन् ।

इरानमा ९४ हजार ६४० कुल संक्रमित भएका छन् भने ६ हजार २८ जनाको मृत्यु भएको छ । यसैबीच ७५ हजार १०३ निको भएर फर्किएका छन् ।

ब्राजिलमा ८५ हजार ३८० जना संक्रमित भएका छन् भने ५ हजार ९०१ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३५ हजार ९३५ जना ठिक भएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ३९ हजार ३१६ जना संक्रमित भएका छन् भने ४ हजार ७९५ जनाको मृत्यु भएको छ ।

चीनमा अहिलेसम्म ८२ हजार ८६२ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ६१० निको भएर फर्किएका छन् ।

क्यानाडामा ५३ हजार २३६ जना संक्रमित भएका छन् भने ३ हजार १८४ जनाको मृत्यु भएको छ । त्यस्तै २१ हजार ४२३ जना ठिक भएका छन् ।

टर्कीमा एक लाख २० हजार २०४ जना संक्रमित भएका छन् भने ३ हजार १७४ जनाको मृत्यु भएको छ । त्यस्तै ४८ हजार ८८६ जना निको भएर फर्किएका छन् ।

स्विडेनमा २१ हजार ९२ जना संक्रमित भएका छन् भने २ हजार ५८६ जनाको मृत्यु भएको छ ।

स्विटजरल्याण्डमा कुल २९ हजार ५८६ संक्रमित भएका छन् भने एक हजार ७३७ जनाको मृत्यु भएको छ । त्यस्तै २३ हजार ४ सय जना निको भएर फर्किएका छन् ।

प्रतिकृया