• २३ भदौ २०८३, मंगलबार
  • १०ः३१ बिहान

‘लकडाउन’ अवधिभर विद्युत र इन्टरनेटमा छुट दिइने सरकार निर्णय

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार ०६:२७

काठमाडौं । सरकारले लकडाउन अवधिको बिजुली, टेलिकमको इन्टरनेट तथा डाटा प्याकेजमा छुट दिइने भएको छ।

National Life

१४ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल दूरसंचार कम्पनीले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको हो ।

साथै निजी सेवा प्रदायकले समेत यस्तो छुट दिने व्यवस्था मिलाउने निर्णय गरिएको छ

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै नेपाल विद्युत प्राधिकरणले मासिक १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राहकको विद्युत महशुलमा २५ प्रतिशत छुट दिने कार्यलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ।

त्यस्तै मासिक २५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहस्थ ग्राहकलाई लकडाउनको अवधिभर विद्युत महसुलमा १५ प्रतिशत छुट दिने निर्णय बैठकले गरेको छ ।

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चामल, पिठो, दाल, नुन, चिनी, खाने तेल लगायतका खाद्य सामग्रीको हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुट दिने र सबै कृषि उपजको खरिद किसानबाट गर्ने व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।

प्रतिकृया