• ६ असोज २०८३, मंगलबार
  • १२ः५९ दिउँसो

रौतहटमा कोरोना संक्रमित भेटिएपछि निगरानी बढाउनुको साथै गाउँ नै सिल

प्रकाशित मिति

२०७७ बैशाख १७ गते, बुधबार ०६:०३

रौतहट । रौतहटमा २ जनालाई कोरोना सङ्क्रमण देखिएसँगै त्यस क्षेत्रमा निगरानी बढाउनुको साथै सिल गरिएको छ ।

National Life

रौतहटको वृन्दावन नगरपालिकाको वार्ड नम्बर ९ को भुसहा र देवाही गोनाही नगरपालिकाको वडा नम्बर १ मा गरी दुई जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सङ्क्रमण देखिएको ठाउँमा सिल गरेको जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमण अरुमा पनि फैलने सक्ने भन्दै सिल गरेर निगरानी बढाएको जिल्ला प्रशासनले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

अर्को सूचना प्रकाशन नभएसम्मका लागि सिल गरिएको बताइएको छ । दुई संक्रमित भारतबाट आएको हुन् । उनीहरूलाई वीरगन्जस्थित नारायणी अस्पताल लगिएको छ ।

प्रतिकृया