प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणाबीच मध्यरातमा भेटवार्ता
प्रकाशित मिति
२०७७ बैशाख १६ गते, मंगलवार ०६:०५
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच मध्यरातमा गोप्य भेटवार्ता गरेका छन् ।
पार्टीका नेताहरुसँँग निरन्तर छलफलमा जुटेका ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सोमबार राति भेटेका छन् ।
आफ्नै दल नेकपाभित्र आफुविरद्द विभिन्न रणनीति भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट र छलफल तीब्र बनाएका छन् ।
पार्टीका नेताहरुसँँग निरन्तर छलफलमा जुटेका ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सोमबार राति भेटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच भेटवार्ता भएको हो । मंगलबार सचिवालय बैठक बस्ने तय भइसकेपछिको यो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय ओलीले दुई अध्यादेश ल्याएपछि गर्माएको राजनीति सो फिर्ता लिँदासम्म पनि सामान्य भएको छैन बरु नेकपाभित्रको आन्तरिक राजनीति नै पेचिलो बनेको छ ।
त्यसैले छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।






प्रतिकृया