• २० भदौ २०८३, शनिबार
  • ३ः०० दिउँसो

सरकारी कोषमा एनसेलको १० करोड सहयोग

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार ०७:२९

 

National Life

काठमाडौं । सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ सहयोग गरेको छ।

यो सहयोग कोरोना भाइरस (कोभिड १९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा प्रयोग हुनेछ।

Classic Tech Desktop

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका थिए।

विश्व नै यतिबेला कोरोना भाइरस विरुद्घ लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ। कोभिड १९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं।
सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय रहेको। यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने।

‘एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड १९ कोषमा गरेको १० करोड सहयोग यसकै निरन्तरता हो। यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड १९ विरुद्घ लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्घ रहेको जानकारी गराउदैँ। यो हाम्रो योगदानले कोभिड१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ’,विश्वस्त रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भनेका छन् ।

एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पुर्‍याउँदै ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाइएको छ। शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा एनसेलले योगदान पुर्‍याउँदै आएको छ।

प्रतिकृया