• २९ भदौ २०८३, सोमबार
  • ५ः४४ बिहान

‘आतंकवादी’ भनेकोमा बलिउड अभिनेत्री कंगना विरुद्ध मुद्दा

प्रकाशित मिति

२०७७ बैशाख १२ गते, शुक्रबार ०३:२९

एजेन्सी, बलिउड अभिनेत्री कंगना रनौटविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । उनकी बहिनीको समर्थनमा जारी भएको एक भिडिओमा कंगनाले एक विशेष समुदायका सदस्यलाई ‘आतंकवादी’ भनी सम्बोधन गरेको भन्दै प्रहरीले कंगना विरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

National Life

यही बुधबार सुबर्बन अम्बोली प्रहरी सटेशनमा प्रहरीले मुद्दा दायर गरेको शुक्रबार जानकारी दिएको हो । कंगनाकी ३३ वर्षीया बहिनी रंगोली चन्डेलको ट्वीटर एकाउन्ट पनि गालीबेइजतीका कारण प्रतिबन्ध लगाइएको छ ।

अधिकारीहरुले कंगनाले बहिनीको समर्थनमा तयार पारेको भिडिओमा खास समुदायलाई ‘आतंकवादी’ भन्दै आरोप लगाएको बताएका छन् । उक्त भिडिओ केही समयअघि मात्रै सार्वजनिक भएको थियो । सोही भिडिओ प्रकरणलाई आधार बनाएर कंगनामाथि मुद्दा दायर भएको हो । अभिनेत्री कंगना यसअघि पनि पटक पटक विवादमा आउने गरेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया