प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डद्वारा सांसदसँग समूहगत छलफल
प्रकाशित मिति
२०७७ बैशाख १० गते, बुधबार ०४:०४
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका सांसदहरुसँग प्रदेशस्तरीय समूहमा छलफल गर्नु भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रहेको सचिवालय हलमा अध्यक्षद्धय ओली र दाहालले पार्टी स्थापना दिवसको अवसरमा संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्नो दलका सांसदहरुसँग प्रदेशस्तरीय समूहमा छलफल गर्नु भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त छलफलबारे जानकारी गराउनु भइको हो ।
उहाँले उक्त छलफलबारे जानकारी दिँदै फेशबुकमा लेख्नु भएको छ,”प्रधानमन्त्री एवं पार्टी अघ्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पार्टी स्थापना दिवसको अवसरमा बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरूसँग प्रदेशस्तरीय समुहमा छलफल गरिरहनु भएको छ । सुदूरपश्चिम प्रदेशबाट शुरू भएको छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमशः सातवटै प्रदेशका सांसदहरूसँग आज र भोलिसम्म गरिनेछ । जारी अध्यादेश र कोरोना भाइरसविरूद्दको लकडाउन लगायतका विषयहरूमा सांसदहरूलाई स्पष्ट गर्न यसरी छलफल गरिएको छ ।”





प्रतिकृया