• ६ असोज २०८३, मंगलबार
  • ९ः३५ बिहान

लकडाउनका बेला के गर्दैछिन् आलिया ?

प्रकाशित मिति

२०७७ बैशाख ९ गते, मंगलवार ०७:०१

मुम्बई । भारतमा गरिएको लकडाउनका कारण कलाकारहरू फुर्सदमा छन् । लकडाउनमा बलिउड ठप्प छ । फुर्सदको यो समयमा धेरैले घरको काम र आफ्नो स्वास्थ्यमा ख्याल गरेका छन् ।

National Life

बलिउड नायिका आलिया भट्ट पनि यतिबेला फुर्सदमा हुँदा परिवारका साथ समय बिताएकी छिन् । उनी सामाजिक सञ्जालमा अपडेटमा रहन्छिन् । लकडाउनका बेला आलियाले थप स्वस्थ रहन भन्दै कसरत गरिरहेकी छिन् ।

उनले हालै एक भिडियो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जहाँ उनले लेखेकी छिन्, ‘मेरो भर्चुअल वर्कआउट पार्टनर, यसरी नै आफूमा उर्जा भर्नुहोस् ।’

Classic Tech Mobile
Classic Tech Desktop

आलियाले लकडाउनका समयमा कसरत गरेर आफूलाई तन्तुरुस्त राखेको बताउँछिन् । उनले युट्युबमार्फत पनि भिडियोहरू शेयर गरेकी हुन्छिन् ।

प्रतिकृया