• ६ असोज २०८३, मंगलबार
  • १२ः१४ दिउँसो

वीरगन्जमा एक युवकको वीभत्स हत्या

प्रकाशित मिति

२०७७ बैशाख ८ गते, सोमबार १२:२९

वीरगन्ज, वीरगन्जमा एक युवकको वीभत्स तरिकाले हत्या गरी फालिएको शव बरामद भएको छ । वीरगन्ज २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको हत्या गरी फालिएको अवस्थामा सोमबार विहान शव फेला परेपछि पुरै गाउँ नै भयवित भएको छ ।

National Life

वीरगन्जको सुख्खाबन्दरगाहा (ड्राईपोर्ट) को पुर्व पट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने टाउँन प्लानिङ्ग (नगर विस्तार) को प्लटिङ्गमा आज विहान पटेलको विभत्स तरिकाले हत्या गरी फालिएको शव फेला परेको हो । शौच गर्न निस्केका स्थानिय महिलाले प्लाटिङ्गमा शव देखेपछि गाउँमा हल्ला गरेका थिए । मृतका आफन्तले पटेलको शव पहिचान गरेका थिए ।

पटेलको मुख, हातखुट्टामा गम्भिर चोट लागेको छ भने, उनको घाँटी समेत कपडाले कसिएको फेला परेको प्रहरीले जनाएको छ । पटेलको हत्या गरि शव फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटना स्थलको मुचुल्का उठाई मृतकको शव नियन्त्रणमा लिई पोष्ट मार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया