• २२ भदौ २०८३, सोमबार
  • ९ः२२ राती

बले र ट्विनी गल्र्स यसरी काट्दै छन् दिन

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार ०९:२०

काठमाडौं । कोरोना भाइरसले गर्दा लकडाउनले सबैलाइ फुर्सदिलो बनाएको छ । कलाकारहरू पनि घरमै रूचि अनुसारको काम गरेर समय बिताएका छन् ।

National Life

यस्तै चर्चित हाँस्यकालाकार सागर लम्साल ‘बले’ फुर्सदिला नहुने कुरै भएन। आमा र बहिनीको साथ उनी कालोपुलमा बस्दै आएका  छन् । उनि लकडाउन पछि त झन् घरभित्रै थुनिएर बस्नुको विकल्प छैन ।

सागर बिहान केही ढिला उठेर आधा घण्टाको मेडिटेसन र पेटको लागि व्यायाम गर्छन् । अनि नुहाउँदा खाना खाने समय भइसक्छ । खाना खाएर आफ्नो कोठा छिरेपछि सागरले गर्ने क्रियाकलापहरु धेरै छन् । कहिले चलचित्र हेर्छन् । कहिले पुस्तक यत कहिले युट्युबमा भुलिन्छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनी दक्षिण भारतिय चलचित्र खुबै हेर्ने गर्छन् । यूट्यूवमा उपलब्ध उनले नहेरेका साउथ इन्डियन चलचित्र कमै बाँकी होलान् । पुस्तकमा चाहिँ ‘महको म’ पढिरहेका छन् ।

यी सबै कुराबाट पनि झ्याउ लाग्यो भने सागरलाई फ्रेस गराउने अर्को विकल्प छ, लुडो । सागर अनलाइन लुडो खेल्न माहिर छन् । झ्याउ लाग्यो कि आफ्नो टिम ‘इन्भाइट’ गर्छन् र लुडो सुरु गर्छन् ।

सागरसँग लुडो खेल्ने टीम टिकटकबाट भाइरल भएका ट्विनी गर्ल प्रिज्मा–प्रिन्सी र मन्जिल बस्नेत हुन् । सागर भन्छन्, ‘लुडो खेल्ने मेरो टीम नै उनीहरु हुन् ।’

त्यसो त उनि प्रिज्मासँग लुँडो मात्रै होइन, मायाको खेल पनि खेलिरकेको ब्यापक चर्चा केहि समयदेखि चलिरहेकै छ । जे होस उनि नजिकको मान्छेसँग लुडो खेलेर दिन बिताइरहेकै छन् ।

प्रतिकृया