• १९ भदौ २०८३, शुक्रबार
  • ७ः२२ बिहान

नेपाल भारत सीमा क्षेत्रमा थप सुरक्षाकर्मी खटाउन गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति

२०७७ बैशाख १ गते, सोमबार ०९:०५

काठमाडौं । भारतमा कोराना संक्रमण बढ्दै गएपछि गृहमन्त्री रामबहादुर थापाले नेपालमा कोरोनाको संकक्रमण फैलिन नदिन सीमा क्षेत्रमा थप सुरक्षाकर्मी पठाउन निर्देशन दिएका छन् ।

सोमबार गृह मन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेलाई पहाडी तथा हिमाली जिल्लामा खटिएका सशस्त्र प्रहरीलाई तराईका सीमामा खटाउन निर्देशन दिएका हुन् । पहाड र हिमालमा भन्दा तराईमा थप जोखिम रहेको ले सुरक्षाकर्मी थप्न आग्रह गरेको हो ।

Kamana Sewa

कोरोनाभाइरसको संक्रमणबाट बच्न देश लकडाउन छ । सीमा नाकाबाट मानिसहरु छिर्ने भएकाले सीमा क्षेत्रमा कडाइ गर्न थप सशस्त्र प्रहरी परिचालन गर्न लागिएको हो ।

Classic Tech Desktop

हाल सशस्त्र र नेपाल प्रहरीले सीमा क्षेत्रमा १ हजार ३ सय ३० चेकपोस्ट स्थापना गरेका छन् । दुवै संगठनका गरी १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिकृया