• २६ भदौ २०८३, शुक्रबार
  • १२ः४६ राती

मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्षको शुभकामना

प्रकाशित मिति

२०७७ बैशाख १ गते, सोमबार ०१:४४

कैलाली, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘नयाँ वर्ष २०७७’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दीदीबहिनीमा सुस्वास्थ्य एवं दीघायुको शुभकामना व्यक्त गर्नु भएको छ ।

National Life

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी गरिएको शुभकामना सन्देशमा उहाँले सिङ्गो विश्व कोरोना भाइसरको महामारीबाट उत्पन्न जटिल अवस्थाको कठिन मोडमा गुज्रिरहेका बेला नेपाल र सुदूरपश्चिम प्रदेशसमेत यसबाट अछुतो रहन नसकेकाले यसको सङ्क्रमणबाट बच्नका लागि सम्पूर्णमा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।

सम्पूर्ण नेपालीले मनाउँदै आएको नयाँ वर्ष एवं सुदूरपश्चिम प्रदेशवासीको महत्वपूर्ण चाड ‘बिसुपर्व’ का अवसरमा शुभकामना व्यक्त गर्दै उनले सन्देशमा यस पर्वले कोरोना सङ्क्रमणको महामारीबाट सामना गर्न शक्ति प्रदान गर्नुका साथै सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया