कोरोना महामारीबाट छिट्टै मुक्त हुन सकौंः प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७७ बैशाख १ गते, सोमबार ०१:४१
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन देशबासीका नाममा शुभकामना दिँदै कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कमना गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको बताउँदे सन्देशमा भन्नुभयो, “हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौं । आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ ।”
विगतमा भूकम्पको अफ्यारो अबस्थामा नेपालीले देखाएको एकता र सहासबाट सो भूकम्पको प्रभावबाट उठ्न सफल भएको दृष्टान्त दिदै कोरोना विरुद्धको लडाइँमा पनि एक हुन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, “मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको २ वर्ष वितेको छ । गोरखापत्र अनलाइनका अनुसार, तपाई हामी सबैलाई थाहा छ, विगत दुई बर्षको प्रगति उत्साहजनक रहेको थियो । यदि यस महामारीको चपेटामा नेपाल नपरेको भए आज हामी, विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौँ । विगतका उपलब्धिहरूको जगमा उभिएर नयाँ उचाइ हासिल गर्ने योजना बनाइरहेका हुने थियौँ । स्वदेशमै फलदायी रोजगारी वृद्धिदेखि कृषिको आधुनिकीकरणको कुरा गरिरहेका हुने थियौं । खनिज पदार्थको उत्खनन् कार्यलाई तीब्रता दिने तयारी गरिरहेका हुने थियौँ ।”






प्रतिकृया