तीन जनामा थप कोरोना भाइरस संक्रमित भएको सरकारको पुष्टि , संक्रमित संख्या १२ पुग्यो
प्रकाशित मिति
२०७६ चैत्र ३० गते, आईतवार ०२:२३
काठमाडौं, नेपालमा थप तीन जनामा कोभिड–१९ को सङक्रमण देखिएको छ । पर्साको विरगञ्ज स्थित एक मस्जिदबाट प्रहरीले नियन्त्रणमा लिएका उनीहरुको स्वाब परीक्षण गर्दा पोजेटिभ भेटिएको हो ।
थप ३ जनामा सङ्क्रमण भेटिएकोबारे स्वास्थ्य मन्त्रालयले पनि पुष्टि गरेको छ । तर औपचारिक जानकारी गराउन भने बाँकी रहेको छ । उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । शुरुमा हेटौडामा परीक्षण गरिएका उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि काठमाडौं स्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ नै रिपोर्ट आएको हो ।
मस्जिदमा लुकेर बसिरहेका उनीहरु सहित २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । मस्जिदमा अन्य मानिसहरु समेत लुकेर बसेको हुनसक्ने आशंकामा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । यो सँगै नेपालमा कोभिड–१९ सङक्रमितहरुको संख्या १२ पुगेको छ । यी मध्ये एक जना उपचार पछि निको भएका छन् ।







प्रतिकृया