• ६ असोज २०८३, मंगलबार
  • ७ः११ बिहान

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड

प्रकाशित मिति

२०७६ चैत्र ३० गते, आईतवार ०३:३३

काठमाडौं, दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ ।

National Life

ठूला करदाता कार्यालयकाअनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ । यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ । यससँगै पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ ठूला करदाता कार्यालयले भनेको छ ।

प्रतिकृया