• १९ भदौ २०८३, शुक्रबार
  • १२ः१२ दिउँसो

मेलम्चीको काम रोकिएको छैन तर सुस्त

प्रकाशित मिति

२०७६ चैत्र २९ गते, शनिबार ०७:०२

 

काठमाडौं । कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छैन तर स्थानीय मजदुर घर फर्किएकाले कामको गति भने सुस्तिएको छ ।

Kamana Sewa

झन्डै २५० मजदुरले दैनिक काम गरिरहेका थिए तर कोरोना भाइरसको त्रासले स्थानीय मजदुर घर फर्किएपछि हाल साइटमा सय जना मजदुरले काम गरिरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।

Classic Tech Desktop

लकडाउन सुरु भएपछि साइटमा चिनियाँ ४० र नेपाली ६० गरी जम्मा सय जना कामदारमार्फत आयोजनाको काम हुँदै आएको छ । स्थानीय कामदार घर फर्किए पनि जिल्लाबाहिरका नेपाली कामदार भने लकडाउनका कारण घर जान नपाएर साइटमै बसेका छन् ।

तिनै घर जान नपाएका कामदारबाट आयोजनाको काम सुचारु छ । हाल हेडवक्र्स निर्माणको काम भइरहेको समितिले जनाएको छ । कामको गति कम भएपछि तोकिएको समयमै काम सकिनेमा भने आशङ्का बढेको छ । खानेपानी मन्त्रालयले एक महिनाअघि बताएअनुसार असारका मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी काम भइरहेको भन्दै श्वेतपत्र जारी गरेको थियो तर लकडाउनको अवधिमा काम हुन नसकेपछि तोकिएको समयमा सकिन्छ कि सकिँदैन भन्ने कुरा अन्योलमा भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले भन्नुभयो, हेडवक्र्सको काम भइरहेको छ, मजदुर थोरै भएका कारणले काम सुस्त भएको छ, आगामी वैशाख दोस्रो हप्ता हामीले समयावधिका बारेमा छलफल गर्छौं, लकडाउनमा कति काम हुन सकेन, कति हुनुपथ्र्यो, तोकिएको समयमै सकिन्छ कि सकिँदैन, अब के गर्नुपर्छ भनेर हामी रिभ्यु गर्छौं, निर्माण कम्पनीले के भन्छ त्यो पनि बुझ्नुपर्छ । गोरखा पत्र अनलाइनबाट साहाभार

प्रतिकृया