• २५ भदौ २०८३, बिहीबार
  • ३ः२५ दिउँसो

भारतीय समकक्षी मोदी र प्रधानमन्त्री ओलीबीच टेलिफोन वार्ता

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०२:०६

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । शुक्रबार भएको भारतीय प्रधानमन्त्री मोदीसँगको संवादमा कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुवैजना सहमत भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिनुभएको हो ।

National Life

लकडाउनका कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिन पनि आफूहरुबीच सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिनु भएको छ ।

त्यस्तै कोरोना संक्रमणको त्रासका बीच पनि आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज बनाउने विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफल भएको र भारत सरकारले उपलब्ध गराउने औषधिलगायतका सहयोगका लागि पनि प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई धन्यवाद दिएको ट्वीटमार्फत जानकारी गराउनु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया