• २४ भदौ २०८३, बुधबार
  • ७ः३८ बेलुका

मासिक ९० करोड घाटामा उड्डयन प्राधिकरण

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०९:१७

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल उड्डयन प्राधिकरणको सञ्चालन खर्च घाटामा गएको छ। प्राधिकरणले आन्तरिक तथा बाह्य व्यावसायिक उडानवापत लिने गरेको ल्यान्डिङ, पार्किङ, हाउजिङ, पसल–कवल वापत शुल्क उठ्न बन्द भएपछि मासिक करिब ९० करोड रुपैयाँ सञ्चालन घाटा व्यहोरिरहेको बताइएको छ।

National Life

लकडाउनका कारण रेस्क्यूबाहेक अन्य उडान बन्द हुँदा प्राधिकरण घाटामा गइरहेको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।कोभिड १९ महामारीको रूपमा फैलिन थालेपछि सरकारले संक्रमित मुलुकमा मार्च ९ बाट अनअराइभल भिसामा रोक, मार्च १३ तारिकबाट त्यस्ता मुलुकमा अन्तर्राष्ट्रिय उडान बन्द र मार्च २३ तारिकबाट लकडाउन गरेपछिबाट विमानस्थल बन्द भएको हो।

अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक २९ एयरलाइन्सले करिब ६५ अन्तर्राष्ट्रिय उडान र ३ सयभन्दा बढी आन्तरिक उडान गर्दै १२ हजार भन्दा बढी यात्रुको चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले प्रायः शून्य चहलपहल देखिन्छ। लकडाउनयता अन्तर्राष्ट्रिय रेस्क्यू उडान भने भइरहेका छन्।अन्नपूर्ण पोष्ट्बाट साहाभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया