नेपाल प्रबेश गर्न रोक लागएपछि बिरोध गरेको भिडियो भाइरल बनेपछि देउवा भने, आफ्नो देश आउन नारावाजी गर्नुपर्ने हो ?
प्रकाशित मिति
२०७६ चैत्र १८ गते, मंगलवार ०९:३५
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि नेपाल भारत लगाएत थुप्रै देशमा लकडाउन गरेको छ । देश बाहिर भएका नागरिक नेपाल आउन पाएका छैनन् यस्तो अबस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला जिल्ला हुँदै नेपाल प्रवेश गर्न खोजेका नेपालीहरूलाई मातृभूमि प्रवेशमा रोक नलागाउन आग्रह गरेका थिए ।
सोमबार सभापति देउवाले सामाजिक ट्वीटमार्फत भारतबाट नेपाल आउन चाहनेलाई प्रक्रिया पु¥याएर आउन दिन आग्रह गरेका थिए । सुदूर पश्चिम प्रदेशको दार्चुला पारी भारतीय भूमि धारचुलामा रहेका नेपालीहरूले गरेको नाराबाजीको भिडियो भाइरल भएपछि कांग्रेस सभापति देउवाले तत्काल उनीहरूलाई नेपाल भित्रने वातावरण बनाउन माग समेत गरेका थिए ।

भारतका विभिन्न ठाउँमा काम गर्दै आएका नेपालीहरूको ठूलो संख्या महाकाली नदी किनारमा अलपत्र परेका छन् । झोलुङ्गे पुलबाट नेपाल छिर्ने ठाउँमा ताल्चा लगाइएका कारण उनीहरू अलपत्र परेका हुन् । सूदूर पश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ का विभिन्न जिल्लाबाट भारतमा काम गर्न पुगेकाहरू यो नाकामा आइपुग्दा अलपत्र परेका हुन् ।

भारतीय भूमिमा अलपत्र परेका नेपाली सरकारविरुद्ध नारावाजीमा उत्रिएका छन् । दार्चुला प्रवेश गर्न नपाएका नेपालीहरू महाकाली नदी किनारमा बेवास्तामा परेका छन् ।
उनीहरूले भारतीय भूमिमा बसेर नेपाल सरकार विरुद्ध नारावाजी गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो भाइरल बनेपछि सभापति देउवाले ट्वीट गर्दै आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ? प्रश्न गरेका छन् ।
देउवाले दार्चुला सदरमुकाम पारी भारतको धारचुलामा रहेका सयौँ नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् ।




प्रतिकृया