• ८ असार २०८३, सोमबार
  • ८:५५ बेलुका

कोरोना भाइरसका कारण कालीमाटीमा तरकारी कुहिँदै, खुद्रा बजारमा दोब्बर भाउ

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०५:१४

 

काठमाडौं ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन गरेपछि मानिसहरू घरघरमा क्वारेनटाइन बसेका छन् ।जस्ले गर्दा दैनिक ८ सय टन तरकारी खपत हुने काठमाडौंमा अहिले ५ सय टन खपत हुन मुश्किल भएको छ ।

Kamana Sewa

सरकारले भने लकडाउनको समयमा पनि दैनिक उपभोग्य वस्तुको ढुवानी तथा वितरणमा समस्या नआउने बताएको छ ।
यता शहरभित्र तरकारी व्यवसायीले तरकारी ओसारपसार गर्न पाएका छैनन् ।

Classic Tech Desktop

काठमाडौं उपत्यकाका लागि तरकारी ढुवानी तथा खरिदबिक्री गर्ने मुख्य स्थान कालीमाटी बजार अहिले सुनसान जस्तै देखिन्छ । दिउँसो कालीमाटीमा उपभोग्य सामग्री ओसार्ने सवारीबाहेक अरूलाई आवगमन बन्द छ ।

उपत्यकाका धेरैजसो खुद्रा व्यापारीले कालीमाटी बजारबाटै तरकारी लिने र उपभोक्तालाई बेच्ने गर्ने गर्छन् । व्यापारीहरू अहिले कोरोना भाइरसको संक्रमणका कारण तरकारी खरिद गर्न कालीमाटी पुग्न नसकेको बताउँछन् ।

कालिमाटीमा तरकारी व्यापार गर्ने व्यापारीनै घरमा बस्नै बस्न थालेको छन् । सरकारले एक साताका लागि देशव्यापी लकडाउन घोषणा गरेकै दिनदेखि तरकारी पसल बन्द गरेको छन्। आफ्ने जिवनको सुरक्षको लागि व्यापारी घरमा क्वारेन्टाइनमा बसेका छन् ।

तरकारी व्यापारीहरू घरबाहिर ननिस्केपछि अहिले कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी कुहिन थालेको छ । बजारमा तरकारीको खपत कम भएकाले कालीमाटी बजारमा कुहिन थालेको कालीमाटी फलफूल तथा बजार विकास समितिले जनाएको छ ।

अहिले दैनिक ५ सय देखि ६ सय टन तरकारी कालीमाटीमा भित्रिने गरेको समितिका सूचनाले जानकारी दिए । काठमाडौंमा काभ्रे, धादिङ, नुवाकोट लगायतका छिमेकी जिल्ला र भारतबाट तरकारी आउँछ । हाल समितिले खरिद बिक्रीका लागि बिहान र बेलुकाको समय तोकेको छ ।

‘धेरै भीडभाड हुने भएकाले दिउँसोे कालीमाटी बन्द गरिएको छ’ बिहान २ बजेदेखि ७ बजेसम्म थोक बजार खुल्छ, साँझ ५ बजेदेखि ७ बजेसम्म खुद्रा बजार खुल्ने व्यवस्था गरिएको छ ।अहिले तरकारीको आयात अनुसार खपत छैन‘त्यसकारण तरकारी कुहिन र बिग्रिन थालेको छ ।’

कालीमाटी बजारमा तरकारीको ५ दिन अघिदेखिको मूल्यसूची हेर्दा तरकारीको भाउ थोरै मात्र बढेको देखिन्छ । यता खुद्रा व्यापारीले कालीमाटी बजारको तुलनामा दोब्बरसम्म भाउ बढाएर बेच्ने गरेको पाइन्छ ।

खुद्रा व्यापारीले कालीमाटीबाट प्रतिकेजी ८० रुपैयाँमा किनेको गोलभेंडा उपभोक्ताले १५० रुपैयाँसम्ममा किन्नु परेको छ । खुद्रा पसलमा काउली, प्याज, बोडी, सिमी लगायतका तरकारीको मूल्य अत्यधिक बढेको छ ।

हरियो खुर्सानीको मूल्य दोब्बरले बढेको छ । पाँच दिनअघि कालीमाटीमा प्रतिकेजी ११० रुपैयाँमा बिक्री भइरहेको हरियो खुर्सानीको भाउ आइतबार ३३० रुपैयाँ पुगेको थियो । कालिमाटिका अधिकांस तरकारी पसल बन्द छन् । अहिले तरकारीको आयातअनुसार खपत छैन‘ त्यसकारण तरकारी कुहिन र बिग्रिन थालेको छ ।’कालीमाटीमा तरकारी कुहिँदै गर्दा, खुद्रा बजारमा भने तरकारीको मुल्उ दोब्बर भाएको छ ।

प्रतिकृया